News Portal

  • नेपालगञ्जमा नेमकिपाको बिरोध जुलुस : संघर्षको विकल्प नभएको निष्कर्ष

    नेपालगञ्ज, २३ कार्तिक
    १७३४ पटक
    नेपालगञ्ज, २३ कार्तिक

    नेपाली भूमि लिम्पियाधुरा भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमाा नेपाल मजदुर किसान पार्टीले शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

    भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो लगायतका विभिन्न नारा लगाई धम्वोजीचोकबाट पुष्पलाल चोकसम्म जुलुस प्रदर्शन गरिएको थियो ।

    पुष्पलाल चोकमा आयोजित कोणसभा कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जस्तोसुकै शक्तिविरुद्ध लड्न नेपाली जनता तयार भएको विचार व्यक्त गरे । उनले विभिन्न तथ्य तथा प्रमाणहरू हुँदाहुँदै पनि कालापानीबाट भारतीय सेना हटाउन नेपाली कांग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै देशभक्त जनता एकजूट हुनुपर्नेमा जोड दिए । भारतले नवलपरासीको सुस्तामाथि अतिक्रमण गर्दा नेमकिपाले सशक्त विरोध गरेको र पञ्चायती शासकहरूको दमनको प्रतिवाद गरेको इतिहास स्मरण गर्दै नेता गोसाईले नेपाली भूमि फिर्ता गर्न अब संघर्षभन्दा अन्य विकल्प नभएको बताएका थिए ।

    कोणसभामा बोल्दै नेमकिपा, बाकेका अध्यक्ष बखतबहादुर थापा,नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य सर्जु फसिकव लगायतले सम्मूर्ण देशभक्त नेपाली एकतावद्ध भएर भारतीय बिस्तारबाद बिरुद्ध लड्नुपर्ने आवस्यकता औल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...