News Portal

  • सल्यक्रियापछि स्वास्थ्य अवस्था सकुसल

    भक्तपुर, १० मङ्सिर
    ६१४ पटक
    भक्तपुर, १० मङ्सिर

    मंगलबार बिहानै अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेडिक्सको सल्यक्रिया गरिएको छ । उनको स्वास्थ्य अवस्था सकुसल रहेको बताइएको छ ।

    सोमबार रातिदेखि पेट दुख्ने समस्याले सताएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए ।

    चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिक्स सुन्निएर एपेन्डिसाइटिस भएको पत्ता लागे लगत्तै सल्यक्रिया गरिएको हो ।

    उपचारपछि उनलाई अहिले सघन उपचार कक्षमा सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

    यसैबीच नेकपाका अध्यक्ष  प्रचण्ड प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष क.केपी शर्मा ओलीको स्वस्थ्य अवस्थाका बारे बुझ्न अस्पताल पुगेका छन् । महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर उनले स्वास्थ अवस्थाबारे जानकारी लिए।

    डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएकाे र स्वास्थ्यमा राम्रो सुधार हुने बताएका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापकोटा जुगलले जानकारी गराए ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...