News Portal

  • उपनिर्वाचनको मौन अवधि सुरु

    भक्तपुर,१२ मङ्सिर
    ८६६ पटक
    भक्तपुर,१२ मङ्सिर

    मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका लागि गए रातिदेखि मौन अवधि सुरु भएको छ ।

    निर्वाचन आयोगका आनुसार गए राति १२ बजेदेखि कास्की–२ को प्रतिनिधिसभा, भक्तपुर, बाग्लुङ्ग र दाङ्गका तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।

    मौन अवधिको सुरुवातपछि देखि निर्वाचन नसकेसम्म कुनै पनि राजनीतिक दल, दलका उम्मेदवार, पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सञ्चार क्षेत्रले कुनै प्रकारका चुनावी प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ ।

    उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन् भने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् । भक्तपुरको प्रदेश सभामा ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मेदवारसमेत चुनावी मैदानमा छन ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...