News Portal

  • जाजरकोट, हुम्लामा भारी हिमपात

    भक्तपुर,२६ मङ्सिर
    ९७५ पटक
    भक्तपुर,२६ मङ्सिर

    पश्चिमी वायुको प्रणालीका कारण चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात भइरहेको छ । जाजरकोट, हुम्लालगायतका जिल्लामा भारी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पश्चिमी भूभागबाट नेपालमा प्रवेश गरेको न्युनचापीय प्रणालीका कारण मुलुकभर चिसो बढेको हो । न्युनतम तापक्रम धेरै तल नझरे पनि अधिकतम तापक्रम निकै तल झरेको मौसमविद्हरुले बताए ।

    हिउँसंगै बढेको चिसोले जनजिवन कस्टकर बनेको छ । पूर्वी इरान र अफगानिस्तान हुँदै नेपाल प्रवेश गरेको यस प्रणालीले देशैभरको मौसममा प्रभाव पारेको हो ।

    वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार शनिबारसम्म मौसममा बदली भइरहन्छ । ‘रातिदेखि नै बदली भएको हो,” उनले भनिन्, “त्यसको असर पश्चिम नेपालमा देखिएको छ । जाजरकोट र हुम्लामा भारी हिमपात भएको छ । अन्य जिल्लामा यसको असर देखिएको छ । भोलि यसको असर झनै देखिन्छ । भोलिसम्ममा अन्य जिल्लाहरुमा पनि प्रभाव पर्ने देखिन्छ ।’

    उनले शनिबार पूणरुपमा सुधार नभए पनि सुधार हुँदै जाने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...