News Portal

  • दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो, केएमसीमा गुम्यो चिनुको ज्यान

    इभक्तपुर संवाददाताभक्तपुर, २९ मङ्सिर
    १२९३ पटक
    भक्तपुर, २९ मङ्सिर

    दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर फर्कदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । आइतवार विहान सिन्धुपाल्चोकको ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको थियो भने १८ घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले भक्तपुर पोस्टलाइ बताए अनुसार गम्भीर घाइते भै ४ जनालाई काठमाडौस्थित केएमसी अस्पातालमा उपचारको लागि पुर्याइएकोमा एकको उपचारकै क्रममा ज्यान गएको हो । ज्यान जानेमा सूर्यविनायकको ३२ वर्षीया चिनु बस्नेत रहेको बताइएको छ ।

    एसपी महर्जनले जनाए अनुसार मृतकमध्ये सबैभन्दा बढी महिला रहेका छन् भने ३ बालबालिकाले पनि ज्यान गुमाएका छन् । ९ महिला, ३ पुरुष, १ बालक र २ बालिका गरी १५ यात्रुको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । जसमध्ये १२ जनाको घटनास्थलमै र २ को अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको थियो ।

    घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको छ । उनीहरुलाई केएमसी अस्पतालमा ल्याइएको छ भने बाँकी घाइतेको स्थानीय सिन्धु अस्पतालमा उपचार भैरहेको बताइएको छ । एसपी महर्जनका अनुसार मृतकको शनाखत हुँदैछ । यतिबेला मृतकका आफन्त सिन्धुपाल्चोक आइपुगेका छन् र शवको शनाखत भैरहेको छ । साझ ६ बजे सम्ममा शनाखत भैसक्ने प्रहरीको अनुमान रहेको छ ।

    भक्तपुरको सूर्यविनायक र जगातीको बीचामा पर्ने आदर्श चोकबाट बा २ ख ४४६८ नम्बरको यात्रुबाहक बस रिजर्भमा यात्रु बोकेर कालिञ्चोक गएको थियो । आइतवार फर्कने क्रममा बिहान अन्दाजी ८ः१५ बजे ६ किलो भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो । बसका चालक फरार भएकाले पनि यात्रु विवरण प्राप्त गर्न प्रहरीलाई मुस्किल परेको बताइएको छ । प्रहरीले चालकको नाम सार्वजनिक गरेको छैन ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गरी फेसबुकमै समाचार प्राप्त गर्नुस्

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...