प्रेस संगठन नेपाल, ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । सोमबार ४१ सदस्यीय कार्यसमिति चयन भएपछि ललितपुर जिल्ला कमिटीले पूर्णता पाएको हो ।
बाँकी ४ जना पछि मनोनयन गर्ने गरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन गरीएको संगठनका ललितपुर संयोजक इश्वरराज ढकालले जानकारी गराए । कार्यसमितिको संयोजकमा ईश्वरराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहेका छन् ।
कार्य समिति सदस्यहरुमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोक कुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आलेमगर, घनश्याम धमला, टुना भट्ट रहेका छन् । त्यस्तै नविन लुईटेल, निर्जना भट्ट, पवन पन्त, पवन सिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, मधुसुदन राय, महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाइपी घिमिरे, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा ‘शुशान्त’, सुजन पन्त, सुभानु आचार्य, शान्ति घिमिरे, शिवप्रसाद बञ्जरा, शिवराज ढकाल र श्रेया गिरी चयन भएका छन् ।