News Portal

  • कारागारका कैदीबन्दीलाई न्यानो लुगा वितरण

    बीरगन्ज, ४ पुस
    ८८१ पटक
    बीरगन्ज, ४ पुस

    शीतलहरले प्रभावित बीरगंज स्थित बन्दी सुधार गृह (कारागार)मा वृद्ध, अशक्त तथा महिला कैदीबन्दीहरुको लागि न्यानो लुगा वितरण गरिएको छ । रिलिफ सोसाइटी अफ कमर्स, बीरगंजको आयोजनामा न्यानो लुगा वितरण गारिेको हो ।

    शुक्रवार सोसाइटीका अध्यक्ष अशोक कुमार लाठको सभापतित्व तथा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतको विशिष्ट आतिथ्यतामा एक औपचारिक कार्यक्रमकै आयोजना गरी कैदीबन्दीहरुको लागि न्यानो लुगा वितरण गरिएको बताइएको छ । उक्त अवसरमा कुल ५सय ९६ थान न्यानो लुगा वितरण गरिएको आयोजक संस्था रिलिफ सोसाइटी अफ कमर्स, बीरगंजले जनाएको छ ।

    कारागार परिसरमा न्यानो लुगा वितरण गरिए पश्चात बाल सुधार गृहमा बन्दी जीवन विताइरहेका नाबालकलाई समेत ८६ थान न्यानो लुगा वितरण गरिएको थियो ।

    रिलिफ सोसाइटीका अध्यक्ष, अशोक कुमार लाठले न्यानो लुगा वितरणको कार्यक्रम चरणबद्ध रुपमा जारी नै रहने जानकारी गराए । लुगा वितरण कार्यक्रममा प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले प्रधानमन्त्री केपी ओली लगायत आफू पनि राजनैतिक बन्दी भएर कारागारमा लामो समय विताएको स्मरण गर्दैकारागार भित्रका मानिसलाई अपराधीको आखाँले मात्र हेर्नु नहुनेमा जोड दिए । ”मान्छे जन्मेदेखि अपराधी हुदैन, संगत, समय र परिवन्दमा परेर पनि बन्दी जीवन विताइ राखेका हुन्छन् । समाजको मायाले उनीहरुलाई राम्रो बन्न प्रेरित गर्छ ।” उनले भने ।

    त्यसैगरी नेपाल भारत सहयोग मञ्चका केन्द्रिय अध्यक्ष अशोक बैद्यले आफ्नो मन्तब्य राख्दै मानवताको लागि यस्ता सहयोगले अर्थ राख्ने वताएका थिए भने लायन्स क्लब अफ बीरगञ्ज आदर्शनगरका अध्यक्ष राजेश अग्रवालले एक दुई दिन भित्रै कारागार परिसर भित्र रहेको समता स्कुलमा अध्ययनरत साना बालबालिकाहरुको निमित्त क्लबको तर्फबाट न्यानो कपडा तथा टोपी वितरण गरिने जानकारी गराए ।

    कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पर्साका अध्यक्ष प्रभु हजरा, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, अभियान दैनिकका क्षेत्रिय ब्युरो संयोजक ओमप्रकाश खनाल, प्रध्यापक बालगोपाल थापा, समाजसेवी अरविन्द सिंह, अशोक वैद्य, अशोक टेमानी, प्रदिप केडिया, गणेश लाठ, सन्तोष श्रेष्ठ, महेश सारावगी, बिजय गुप्ता, निरज अग्रवाल, पवन सिस्का, संजिव शर्मा, बसन्त लोहिया, सन्तोष जैन लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...