News Portal

  • कानुनमन्त्री र सहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा

    भक्तपुर, ८ पुस
    ९७४ पटक
    भक्तपुर, ८ पुस

    उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन्।

    यादव र राई दुवैले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान स‌ंसाेधनसहितका सहमति कार्यान्वयन नभएपछि यादवले राजीनामा दिएका हुन्।

    सोमबार मन्त्रिपरिषदकाे बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन्।

    संसाेधन प्रस्ताव पेस हुन नपाएपछि यादवले राजीनामा बुझाएका हुन्। सरकारमै रहेर सरकारकाे कार्यशैलीबारे असन्तुष्ट रहेकाे समाजवादी पार्टीमा सरकार छाेड्ने या नछाेड्ने विषयमा लामाे समयदेखि विवाद हुँदै आइरहेकाे थियाे।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...