पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराइले बुधवार ड्रामा देखाउने बताएका छन् ।
मंगलबार समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
मंगलबार सरकारबाट बाहिरिने निर्णयलाई रिहर्सल मात्रै भनेका भट्टराइले बुधबार ड्रामा नै देखाउने खुलासा गरेका हुन् । उनले कस्तो ड्रामा देखाउने भन्ने बारे भने केहि बताएका छैनन् ।
बुधबार दिउसो पत्रकार सम्मेलन गरेरै ड्रामाबारे जानकारी दिने उनको भनाइ छ ।
मंगलवार समाजवादी पार्टी नेपालका अध्यक्ष रहेका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादब र सो पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री शहरी विकास मन्त्री माेहमद इश्तियाक राइले पदबाट राजिनामा दिएको घोषणा गरिसकेका छन् ।