News Portal

  • सकियो सूर्यग्रहण : ग्रहणपछि के गर्ने भन्ने थाहाँ पाउनुहोस्

    भक्तपुर, १० पुस
    ९११ पटक
    भक्तपुर, १० पुस

    आज बिहीवार पौष कृष्ण औशीको दिन विहान ८:४२ बजेबाट शुरु भएको सूर्यग्रहण समाप्त भएको छ ।२ घण्टा ४९ मिनेटको ग्रहण १०:०१ बजे मध्य भई ११:३१ बजे समाप्त भएको हो ।

    ग्रहणको समय प्रकृति ज्यादा संवेदनशील हुने विस्वास गरिन्छ । यस्तो बेला आफ्नो आराध्य ईश्वरको ध्यान गर्नुपर्ने पण्डितहरु बताउछन ।

    ग्रहणको समय गर्नु हुने र नहुने कुराको पनि खास नियम धर्मशाश्त्रमा उल्लेख गरिएको छ । त्यसैगरी ग्रहण सकिएपछि पनि धर्मशाश्त्रमा केहि नियमहरु बनाइएका छन् । ग्रहण सकिएपछि स्नान गर्नु उत्तम मानिन्छ । मंदिरको पट खोलेर भगवानलाई समेत स्नान गराई पूजा-अर्चना गर्नुपर्दछ ।

    पण्डितहरुका अनुसार ग्रहण सकिएपछि घीउ र खीरले हवन आदि गर्नसके लाभ हुने बताइन्छ । यसो गर्न सके दीर्घ रोगबाट समेत आराम मिल्ने जनविस्वास रहेको छ ।

    ग्रहण सकिएपछि मात्र खान पकाउन शुरु गर्नुअर्दछ । पिउने पानी पनि बदल दिनु पर्दछ । वैज्ञानिक अनुसन्धान अनुसार पनि ग्रहणको समय मनुष्यको पाचन शक्ति कमजोर हुन्छ । यदि पेटमा दूषित अन्न या पानी गयो भने बीमारि हुनसक्छ ।

    ग्रहण सकिएपछि प्राणायाम र व्यायाम गर्नुपर्छ । सकारात्मक सोच राख्नुपर्छ । धार्मिक पुस्तक पढ्नुपर्छ । गंगाजल छर्केर घर शुद्ध गर्नुपर्छ । दुखी गरीब , जरूरतमंद व्यक्ति र ब्राह्मणलाई अन्न दान गर्नुपर्छ र भगवान सूर्यको आराधना गर्नुपर्दछ भन्ने धार्मिक मान्यता छ । तर, सूर्य ग्रहणले मानव जीवनमा पार्ने प्रभाव बारे कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको वैज्ञानिकहरु बताउछन ।

    भक्तपुर पोस्टको फेसबुक पेज लाइक गर्नुभयो ?

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...