News Portal

  • आफ्नै साथीको हत्यामा संलग्न भनिएका ७ जना समातिए

    सिन्धुपाल्चोक, २४ पुस
    १०७२ पटक
    सिन्धुपाल्चोक, २४ पुस

    आफ्नै साथीको हत्या गरि फरार रहेको आरोपमा सिन्धुपाल्चोक प्रहरीले सात जना मानिसहरूलाई पक्राउ गरेको छ । पर्साको पोखरीया-८ घर भै सिन्धुपाल्चोकमा ज्यालामजदूरी गर्दै आएका ३७ वर्षका राजकुमार मुखियाको हत्यामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा पर्सा बिरगंजका प्रेम यादव, भोला माझी साह,राजेश मेस्तर,राजन साह,असोक साह, बहुअरी गाउँपालिकाका विनोद पासवान र रुपन्देही तिलोत्तमाका सन्तोष थापामगर रहेका सिन्धुपाल्चोकका प्रहरी प्रमुख रहेका एसपी प्रज्वल महर्जनले भक्तपुर पोस्टलाई बताए ।

    मुख्य अभियुक्त प्रेम यादव लाई पर्सा प्रहरीको सहयोगमा बिरगंज बाट पक्राउ गरि ल्याइएको तथा अन्यलाई मेलम्ची -१३ फटकशिलामा लुकेर बसेको अवस्थामा इप्रका मेलम्चीका इन्स्पेक्टर फल बहादुर तामाङको टोलीले फेला पारी पक्राउ गरिएको एसपी महर्जनको भनाइ छ ।

    पक्राउ परेकाहरु उपर संगै काम गर्ने साथी ३७ वर्षका मुखियालाइ रक्सी सेवनपछी कुटपिट गरि ज्यान लिएको अभियोग लागेको छ । उनीहरुले गत पुस ७ मा कुटपिट गर्दा मुखियाको ज्यान गएको थियो ।

    प्रहरीले अभियुक्तहरु उपर सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य अघि बढाएको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...