News Portal

  • घाइते भएका दिलीपलाई खोलामा सुताइ टिपरले किचेर हत्या गरियाे : धनुषा प्रहरी

    भक्तपुरपोष्ट संवाददाता२६ पुस
    १५८३ पटक
    २६ पुस

    धनुषा । धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलीप महतोलाई ‘लिभर’ प्रहार गरी घाइते बनाएर किचेर हत्या गरिएको खुलेको छ । शनिबार अबेर साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलीपको दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेको बताए ।

    बालुवा गिटी चोरी रोक्न खोलामा गएका महतोलाई शुक्रबार बिहान चार जनाले समातेर कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर ना ७ प ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। प्रहरीले हत्या आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ।

    हत्याको मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोतरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

    ‘घट्ना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा खोलामा टिपरले बालुवा गिटी चोरी गरी लगिरहेको भन्ने थाहा पाई निज मृतक दिलिप भन्ने ओमप्रकाश महतोले टिपर समात्न गएकोमा निम्न मानिसहरुले दिलिप भन्ने ओम प्रकाश महतोलाई खोलामा समाती फलामको लिभरले दाहिने कोखामा घोचि घाइते पारी खोलामा सुताई ना ७ ख ६४१३ नम्बरको टिपरले किचि कर्तव्य गरी मारेको खुल्न आएकोमा निम्न मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कारवाही भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार बेलुका पत्रकार सम्मेलनमा बताएको छ।

    टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको शवको पोस्टमार्टम शनिवार गरिएको थियाे। प्रादेशिक अस्पताल जनकपुरका चारजना चिकित्सकले झण्डै ३ घण्टा लगाएर दिलीपको शवलाई पोस्टमार्टम गरेका थिए।

    कागजी प्रक्रियामा पहिले असहमति जनाएका मृतकका परिवारका सदस्यले पछि चित्त बुझाएपछि शनिवार अपराहन्न साढे ४ बजेदेखि साँझ ७ बजेर १० मिनेटसम्म दिलीपको शवको पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टममा शवको एक्स–रे र सिटीस्क्यान समेत गरिएको छ । गम्भीर एवं संवेदनशील घटना भएकाले बढी समय लगाएर हरेक भाग केलाएर पोस्टमार्टम गरिएको चिकित्सकहरुले बताएका छन।

    हत्याको विरोधमा शनिबार साँझ राजधानीमा दीप प्रज्जवलन गर्दै वातवरण संरक्षण अभियान्ताहरुले दिलीपलाईपर्यावरण सहिद घोषणा गर्न माग गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...