आइतबारबाट प्रदेश ३ बागमती प्रदेशको नामले चिनिने भएको छ।आइतवार बिहान बसेको प्रदेश सभा संसदको बैठकले प्रदेश ३ को नामाकरण बागमती गरेको हो।
प्रदेशसभाको नाम बागमती राख्ने भन्ने पक्षमा सर्वसम्मत १०८ मत आएको थियो। मत हाल्ने कुल सांसदको संख्या १ सय १० जना छन् । त्यसमध्ये स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित र सभामुख सहभागी हुन नमिल्ने भएकोले सबै मत एकै तर्फ आएको हो।
प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडालाई पनि बहुमतले कायम गरिएको थियो।