News Portal

  • मनाङमा ४ चिनियाँ पर्यटक सम्पर्कविहीन

    भक्तपुरपोष्ट संवाददाता४ माघ २०७६
    ११०४ पटक
    ४ माघ २०७६

    पोखरा । राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत ५४१६ मिटर उचाइको थोराङला पास गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन भएका छन् । उनीहरु गत पुस २७ मा थोराङला पास गर्नका लागि गएकोमा अहिलेसम्म थोराङला पास नगरेको र फिर्ता पनि नभएको प्रहरीले जनाएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् ।

    अन्नपूर्ण बेसक्याप जाने क्रममा शुक्रबार हिमपहिरोमा परेका दुई नेपाली गाइडसहित ७ जना पनि अझै भेटिएका छैनन् । अन्न्पूर्ण गाउँपालिका-११ स्थित सिगाउँबाट देउराली हुँदै अन्नपूर्ण बेसक्याम्पतर्फ जाने क्रममा देउराली भन्ने स्थानमा हिमपहिरो परेका थिए ।

    आफ्ना पर्यटकको खोजी गर्न कोरियन दूताबासले बिहानैदेखि हेलिकप्टर पठाएको छ । तर उनीहरु अहिलेसम्म भेटिएका छैनन् । उद्धार र खोजीका लागि पोखराबाट गएको पदयात्रा व्यावसायीको टोलीले पनि खोजतलास सहज नभएको बताएका छन् ।

    पहिरोमा परेका नेपाली गाइड जगदिश तामाङ र चिनियाँ नागरिक चाङ हाङलाई उद्दार गरी पोखरा ल्याइँदैछ ।प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार हृवाङ यिविन, क्याटसियु टिङ र मा क्अिान्ली र अन्वद झाड सम्पर्कविहीन भएका हुन् ।

    अन्नपूर्ण बेसक्याम्पमा भएका र त्यता जाँदै गरेका १००भन्दा बढी पर्यटकलाई विभिन्न ठाउँबाट उद्दार गरेर पोखरा ल्याइएको छ । बिहानैदेखि विभिन्न कम्पनीका हेलिकप्टरबाट अन्नपूर्ण पदयात्रामा गएका पर्यटकको उद्दार गरिएको हो ।

    विभिन्न तीनवटा कम्पनीका हेलिकोप्टरले आधारशिविर क्षेत्रमा रोकिएका पर्यटक र गाइडलाई छोमरोङ झारिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...