News Portal

  • उपत्यकाव्यापी नृत्य प्रतियोगितामा भक्तपुरका सगुन, सन्जु र प्रसन्नाले पाए पुरस्कार

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ
    १९५८ पटक
    भक्तपुर, ४ माघ

    अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करण सम्पन्न भएको छ । शुक्रवार काठमाडौको राष्ट्रिय नाचघरमा अन्तिम प्रतिस्पर्धापछि चौथो संस्करण सम्पन्न भएको हो ।

    चार सय जना सहभागीबाट पाँच चरण पार गरी अन्तिम प्रतिस्पर्धामा पच्चीस जना सहभागी भएकामा पाँच जना पुरस्कृत भएका आयोजकको भनाइ छ ।

    भक्तपुरपोस्टलाई प्राप्त जानकारी अनुसार पाँच जना पुरस्कृत भएकामा भक्तपुर बाट सहभागी तीन जनाले पुरस्कार हात पार्न सफल भएका छन् । जसमध्ये प्रसन्ना श्रेष्ठले थर्ड रनर अप हुँदै तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पाँच हजार रुपियाको चेक समेत प्राप्त गरेकी छन् । उनी दुवाकोट स्थित प्रज्ञा इङ्लिस स्कूलकी विद्यार्थी हुन् ।

    त्यसैगरी सेकेन्ड रनर अप हुन सफल सन्जु तामाङ्ग पनि थिमीस्थित लर्डबुद्धकी विद्यार्थी हुन् । उनले सेकेन्ड रनर अप हुँदै तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पन्ध्र हजार रुपियाको चेक प्राप्त गरिन् ।

    उक्त प्रतियोगितामा फस्ट रनर अप पनि भक्तपुरकै सगुन श्रेष्ठ भइन् । सगुन थिमीस्थित नवरत्न इङ्लिस स्कूलमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन् । उनी भरत नाट्यमको बेसिक लेभलमा उत्कृष्ट नृत्य गर्दै फस्ट रनर अप हुन सफल भएकी हुन् । सगुनले फस्ट रनर अप हुँदै तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पच्चीस हजार रुपियाको चेक प्राप्त गरिन् ।

    कलाकारद्वय महेश गोदार र प्रशान्त तामाङ्ग निर्णायक रहेको उक्त प्रतियोगितामा चौथो रनर अप काठमाडौंकी रश्मी विष्ट बनेकी थिइन् भने प्रतियोगिताको टाइटल बिजेताको उपाधि काठमाडौंकी दीपिका मगरलाई दिइएको थियो । दीपिकाले तक्मा, शिल्ड,प्रमाणपत्रका साथै पचास हजार रुपियाको चेक प्राप्त गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...