News Portal

  • घुस खाएरै मालपोत कार्यालयका पियनले कमाए ९ करोड

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    ९६७ पटक
    १६ माघ २०७६

    काठमाडौं । मालपोत कार्यालयमा हुने गरेको अनियमितता र भ्रष्टाचारको पछिल्लो उदाहरण बनेका छन्, राजेन्द्र बस्नेत ।

    मालपोत कार्यालय चाबहिलमा कार्यालय सहयोगी (पियन)को रुपमा कार्यरत रहँदा बस्नेतले झन्डै ९ करोड रुपैयाँ अवैध रुपमा आर्जन गरेको देखिएको छ ।१९ कात्तिक २०४५ मा कार्यालय सहयोगीको रुपमा सरकारी सेवा प्रवेश गरेका बस्नेत समेत उनको परिवारका नाममा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ रुपैयाँ भेटिएको छ । जसमध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रुपैयाँ मात्रै बैध आय भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

    हाल निलम्बन रहेका बस्नेत मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा नक्कली रसिद काटी राजश्व रकम हिनामिना गरेको प्रकरणमा अख्तियारको टोलीबाटै पक्राउ परेका थिए । अख्तियारको टोलीले उनको साथबाट ११ लाख रुपैयाँ समेत बरामद गरेको थियो ।अनुसन्धानकै क्रममा बस्नेतले ठूलै रकम गैर कानूनी रुपमा अर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

    अख्तियारका अनुसार बस्नेतले आफ्नी श्रीमती सीता बस्नेतको नाममा मात्रै ६ करोड ४७ लाख २५ हजार १ सय ४५ रुपैयाँ बराबरको घर तथा जग्गा खरिद गरेका छन् । यस्तै, उनले आमा टुकु कुमारी बस्नेतका नाममा रहेको जग्गामा घर निर्माण गर्न ६२ लाख ९० हजार ५ सय ४८ रुपैयाँ खर्च गरेका भेटिएको अख्तियारले जनाएको छ ।

    अख्तियारको अनुसन्धानबाट बस्नेतले ऋण चुक्ता गर्दा ३९ लाख ७६ हजार २ सय ९०, विभिन्न कम्पनीका बीमा पोलिसी खरिद गर्दा ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा ३७ लाख ३१ हजार, दाजुभाईलाई अंश वापत नगद दिन १ करोड ५० लाख, पूँजीगत लाभकरमा ३ लाख ४७ हजार ४०, छोराछोरीको शैक्षिक खर्चमा १७ लाख ८६ हजार ३ सय २५, शेयर खरिदमा १८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

    जसअन्तर्गत उनले खर्च गरेको तथा हाल रहेको चल अचल गरी ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।अख्तियारले बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना तथा सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि बस्नेतकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत, भतिजा कृपा बस्नेतविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...