News Portal

  • मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु, गृह सचिवको टुङ्गो लाग्ला !

    भक्तपुरपोष्ट संवाददाता२० माघ २०७६
    ७७७ पटक
    २० माघ २०७६

    काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । आजको बैठकबाट गृह सचिव बारे समेत निर्णय हुँदै छ ।बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै राजीनामा दिएपछि रिक्त गृह सचिवका लागि आजैको बैठकबाट निर्णय गरिने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

    गृह सचिव प्रेमकुमार राईले राजीनामा बुझाएसँगै आज(सोमबार)देखि गृह सचिव पद रिक्त छ । बुधवारबाट अनिवार्य अवकाश पाउन लागेका राईले २ दिनअघि नै २० गतेदेखि स्वीकृत हुने गरी राजीनामा दिएपछि गृह सचिव पद रिक्त भएको हो

    गृह मन्त्रालय जान सचिवहरूबिच तँछाडमछाड चलिरहँदा केही दिनयता सचिवहरूको दौडधुप सुरु भएको थियो । आज बिहान मात्रै सचिवालयका उच्च अधिकारीलगायत केही उच्च प्रशासनका अधिकारीबिच गृह सचिवबारे छलफलसमेत भएको छ । सोही अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिपोर्टिङ पछि आजै गृह सचिवको टुङ्गो लाग्दै छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत केदार न्यौपाने र पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत सचिवहरू गृह सचिवका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । जसमध्ये कोइराला गृह मन्त्रालयबाटै करिअर बनाएका सचिव भएकोले पहिलो नम्बरमा हेरिएको छ । चीनबाट ‘न्यासनल डिफेन्स कोर्स’ समेत गरेका कोइरालाले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका छन् ।

    त्यसैगरी महानगरपालिकाका सचिव न्यौपानेसँग पनि गृह मन्त्रालयको अनुभव छ । प्रमुख जिल्ला अधिकारी, अध्यागमन लगायत तीनै तहको अनुभव लिई सकेका न्यौपाने पनि दौडमा छन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...