News Portal

  • गृह सचिवमा भक्तपुरका न्यौपाने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० माघ
    ५६७७ पटक
    भक्तपुर, २० माघ

    गृह सचिव प्रेमकुमार राईले अवकाशको दुई दिनअघि राजीनामा दिएपछि रिक्त पदमा भक्तपुरका महेश्वर न्यौपाने नियुक्त भएका छन् । सरकारले सोमबार अबेर न्यौपानेलाई नियुक्त गरेको हो ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेलमा जन्मिएका न्यौपाने शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत न्यौपानेले यस अघि निर्वाचन आयोग र पर्यटन मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालेको अनुभव रहेको छ ।

    शक्तिशाली मन्त्रालय मानिने गृह मन्त्रालय जान सचिवहरूबिच तँछाडमछाड चलिरहँदा न्यौपानेलाई प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव नियुक्त गर्ने निर्णय गरेको भक्तपुर पोस्ट श्रोतले दावी गरेको छ । यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।

    मन्त्रिपरिषद्को औपचारिक निर्णय भने बाहिर ल्याइएको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...