News Portal

  • कांग्रेस सांसद चौधरीले ठगेको भन्दै संसद सचिवालयमै उजुरी

    भक्तपुर संवाददाता२१ माघ २०७६
    ९३३ पटक
    २१ माघ २०७६

    काठमाडौं । प्रतिनिधिसभाकी कांग्रेस सांसद पार्वता डिसी चौधरीले ठगी गरेको भन्दै संसद सचिवालयमै उजुरी परेको छ ।

    दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीले आठ लाख रुपैंयाँ ठगी गरेको आरोप लगाउँदै संसद सचिवालयमा उजुरी दिएका हुन् । संसद सचिवालयले उजुरी दर्ता भएको, तर यसबारे के गर्ने भन्ने जानकारी नभएको जनाएको छ ।

    सांसद चौधरीले २०७४ सालमा शुरुमा तीन लाख र पछि पाँच लाख गरी आठ लाख रुपैयाँ लिएकोमा पटक–पटक फिर्ता माग्दा समेत नदिएपछि उजुरीमा उल्लेख छ । पार्टीमा पटक–पटक उजुरी गर्दा पनि सुनुवाई नभएपछि संसद सचिवालय गुहार्नुपरेको कृष्णराज पाण्डेले बताएका छन् ।

    चौधरीलाई उनको एभरेष्ट बैंकको खातामा दुई पटक रकम पठाएको भौचर समेत सचिवालयमा पेश गरिएको उनीहरुले दावी गरेका छन् । विश्वासको सम्बन्धका कारण पार्टीको नेतालाई दिएको पैसा फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि जानुपरेको पाण्डे बताउँछन् ।

    संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर सोमबार दर्ता गरिएको उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले उनलाई झिकाएर रकम दिलाई दिन आग्रह गरिएको छ । उजुरीबारे प्रतिक्रिया लिन सांसद चौधरीलाई सम्पर्क गर्दा एउटा मोबाइल स्वीच्ड अफ छ भने अर्को नम्बरमा फोन उठेन ।

    यस्तैै सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन् । कांग्रेस सांसद चौधरी दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । हाल प्रतिनिधिसभामा उनी समानुपातिकबाट सांसद छिन् । दाङ देउखुरीको लमही नगरपालिका–५ लमही घर भएकी उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...