News Portal

  • राँची लानुपर्ने मान्छेलाई प्रधानमन्त्रीले सल्लाहकार बनाए : सांसद किराती

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ३ फागुन
    १२१६ पटक
    काठमाडौं, ३ फागुन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका भोजपुरबाट संघीय सांसद सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर गल्ती भएको उनको आरोप छ ।

    फागुन १ को जनयुद्ध दिवसबारे प्रेस सल्लाहकार सूर्य थापाको टिप्पणी प्रति प्रतिक्रिया जनाउदै सांसद किरातीले प्रधानमन्त्रीले राँची लानुपर्नेलाई प्रेस सल्लाहकार बनाएर गल्ती भएकोमा माफी माग्नुपर्ने समेत माग गरे । ”प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल सूर्य थापालाई बर्खास्त गर्नुपर्छ। ” उनले भने ।

    नेकपाले जनयुद्ध दिवस मनाइरहेका दिन एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्रीका सल्लाहकार थापाले जनयुद्धको महिमा गाउन र जनयुद्ध दिवस मनाउन पार्टी एकता नगरेको अभिव्यक्ति बाट आक्रोसित सांसद किरातीले शनिबार राजधानीमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा प्रश्न गरे, ” के त्यसोभए प्रधानमन्त्रीको श्रीपेच पहिरिन मात्र पार्टी एकता गरेको हो ?”

    अन्तर्क्रिया कार्यक्रममा किरातीले सहन शक्ति समाप्त हुनु अघि पार्टी एकता बिरोधी अभिव्यक्तिहरु बन्द हुनुपर्ने बताए । एकताको मर्म बिपरितका अभिव्यक्तिले पार्टीलाई हित नगर्ने उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...