News Portal

  • काभ्रे ५२औं साक्षर जिल्ला घोषित : शिक्षा व्यवहारिक बनाइने मन्त्रीको दावी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ फागुन
    ८७८ पटक
    भक्तपुर, ७ फागुन

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले व्यवहारमा प्रयोग गर्न नसकिने शिक्षाको अर्थ नहुने बताएका छन् । शिक्षालाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औल्याउदै उनले यसका लागि रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने बताएका हुन् ।

    बुधवार काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्दै मन्त्री पोखरेलले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष साकार पार्न शिक्षाबाट मात्रै सम्भव भएको जिकिर गरे । दक्ष जनशक्ति उत्पादन गरेर मात्रै मुलुक समृद्ध हुने उनको भनाइ छ । निरक्षरलाई साक्षर बनाउँदै अबको पुस्तालाई कम्प्युटर तथा विज्ञान र प्रविधिसंग पनि जोडेर लैंजानुपर्नेमा उनले जोड दिए ।

    ‘शिक्षालाई श्रमसंग, श्रमलाई सीपसंग र सीपलाई उत्पादन र रोजगारीसंग जोडेर मात्रै समृद्ध नेपाल सम्भव छ ।’ मन्त्री पोखरेलले भने । प्राविधिक शिक्षा र व्यवसायिक शिक्षालाई व्यापक रुपमा विस्तार गर्दै ‘स्कील फर अल’ को नीतिमा सरकार अघि बढिरेको जानकारी गराउदै उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै स्थानीय सरकारले शिक्षाको बिकासलाई मूख्य प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पारे ।

    उक्त अवसरमा प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीचमा समन्वय र सहकार्यमा जोड दिएका थिए ।

    राष्ट्रिय जनगणना २०६८ अनुसार १५ बर्षदेखि ६० बर्ष उमेर समूहका ३ लाख ७३ हजार ७२८ जनसंख्यामध्ये आर्थिक बर्ष २०७६्०७७ सम्ममा ३ लाख ६० हजार ५६० जनसंख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासंगै काभ्रेपलाञ्चोक देशको ५२औं साक्षर जिल्ला घोषित भएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...