News Portal

  • प्रधानमन्त्रीको बिलौना, आफ्नैबाट असहयोग भयो

    भक्तपुरपोष्ट संवाददाता
    ७८१ पटक

    काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढ्दै गएको कांग्रेस नेता डा शेखर कोइरालासँग बताएका छन्। प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई बालुवाटार बोलाएर पार्टी भित्रबाटै असहयोग हुँदै गएको बताएका हुन्। सचिवालय बैठकले राष्ट्रियसभामा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयप्रति आफ्नो असहमति रहेकोसमेत प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई सुनाए।

    बिहीबार बिहान डेढ घन्टा भएको भेट वार्तामा कोइरालाले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका थिए। प्रत्युउत्तरमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलले राजनीमा माग्नु स्वभाविक भएको बताए । पछिल्लो राजनीतिक घटनाक्रम, अन्तरपार्टी राजनीतिका विषयमा कुरा भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

    पार्टीका जिल्लाका कार्यक्रममा सहभागी भएर हिजोमात्रै काठमाडौं आएका कोइरालालाई प्रधानमन्त्री ओलीले जिल्ला भ्रमणको विषयमा समेत जिज्ञासा राखेका थिए। जिल्लामा भ्रमणमा सुनिएका आवाजबारे आफ्नो धारणा सुनाउँदै नेता कोइरालाले प्रधानमन्त्रीलाई भने, ‘नैतिकताको आधारमा तपाईंले राजीनामा दिनुपर्ने आवाज छ।’

    आफू राजनीति गर्ने व्यक्ति भएकाले प्रतिपक्षीको मनशाय बुझ्न सक्ने बताए। प्रतिप्रक्षी दलले राजीनामा मागे पनि गुनासो नरहने बताउँदै उनले पार्टी भित्रको विवाद असन्तुष्टि सुनाए, ‘आफ्नै पार्टी भित्रबाट सहयोग पाइन, असहयोग भइरहेको छ, जथाभावी लेख्छन् र बोल्छन्।’

    भेटमा संविधान संसोधनका बारेमा समेत कुरा उठेको थियो। नेता कोइरालाले व्यक्तिको अनुहार हेरेर संविधान संशोधनको प्रस्ताव अस्वीकार्य हुने बताए। पछिल्लो समय सरकार एकपछि अर्को भ्रष्टचार काण्डमा मुछिएकाले अझ बढी अलोकप्रिय भएको कोइरालाले सुनाए।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...