News Portal

  • विप्लवको कार्यकर्ताद्वारा प्रचण्ड माथि अभद्र व्यवहारको प्रयास

    भक्तपुरपोस्ट संवाददाता काठमाडौ, १८ फागुन
    ७७२ पटक
    काठमाडौ, १८ फागुन

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास भएको छ । कार्यक्रमकाबीच उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो ।

    राष्ट्रिय सभागृहमा आयोजित नेता भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको थियो । तर, जुत्ता उनीसम्म आइपुगेन ।

    प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास गर्न खोज्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीले जनाए अनुसार उनी रतन तिरुवा हुन् र उनको घर जुम्लाको सिञ्जा हो ।

    रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको छ । नेकपा जुम्लाले उनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताएको हो । उनी सहिद पारिवार भएको हल्ला सहि नभएको नेकपा जुम्लाले जनाएको छ ।

    उनले प्रहरीसँग प्रचण्डको भाषण चित्त नबुझेर आक्रोशमा जुत्ताले हान्न खोजेको बताए पनि उनी परिचालित भएको प्रहरीको आशंका छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...