नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास भएको छ । कार्यक्रमकाबीच उनीमाथि जुत्ता प्रहारको प्रयास भएको हो ।
राष्ट्रिय सभागृहमा आयोजित नेता भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको थियो । तर, जुत्ता उनीसम्म आइपुगेन ।
प्रचण्ड’माथि अभद्र व्यवहारको प्रयास गर्न खोज्ने व्यक्तिको पहिचान खुलेको छ । प्रहरीले जनाए अनुसार उनी रतन तिरुवा हुन् र उनको घर जुम्लाको सिञ्जा हो ।
रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको छ । नेकपा जुम्लाले उनी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताएको हो । उनी सहिद पारिवार भएको हल्ला सहि नभएको नेकपा जुम्लाले जनाएको छ ।
उनले प्रहरीसँग प्रचण्डको भाषण चित्त नबुझेर आक्रोशमा जुत्ताले हान्न खोजेको बताए पनि उनी परिचालित भएको प्रहरीको आशंका छ ।