News Portal

  • सत्तारुढ नेकपाको युवा संघले भन्यो – हामी ढुक्क हुने अवस्था छैन

    भक्तपुरपोष्ट संवाददाताकाठमाडौँ, २७ फागुन
    १२०७ पटक
    काठमाडौँ, २७ फागुन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नोभेल कोरोना भाइरस(कोभिड-१९) को संक्रमण हुन नदिन सरकारलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि ढुक्क हुने अवस्था नरहेको भन्दै युवा संघ भरपर्दो तयारी र उचित व्यवस्था गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाईको हो ।

    मंगलवार बिहान राष्ट्रिय युवा संघ नेपालको तर्फबाट संयोजक रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा मन्त्रालय पुगेको युवाहरुको टोलीले मन्त्री ढकाललाई ८ बुँदे ध्यानाकर्षण पत्र दिएको थियो । युवा संघले छिमेकी देश चीनको वुहान बाट फैलिएको मानिएको यस रोगले अर्को छिमेकी देश भारतलाई समेत प्रभावित पारेकोले नेपालमा यसको संक्रमण हुन नदिन अहोरात्र खट्नु पर्ने आवश्यकतामा जोड दिएको छ ।

    राज्यलाई आवश्यक परे सहय्योगका लागि जुनसुकै बेला राष्ट्रिय युवा संघ नेपाल तयार रहेको उक्त अवसरमा नेताहरुले प्रतिवद्धता प्रकट गरे ।

    ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले कोभेड-१९ को संक्रमणबाट नेपालालाई बचाउन सरकारले गरिरहेका कामकारवाही बारे जानकारी गराएका थिए भने सरकारले यसबारे उच्च सतर्कता अपनाइरहेको बताए ।

    हेर्नुस् ध्यानाकर्षण पत्र 

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...