News Portal

  • विद्यार्थीको हात चिर्न लगाउने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

    भक्तपुरपोष्ट संवाददाता२७ फागुन २०७६
    १४४७ पटक
    २७ फागुन २०७६

    काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षक सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षक कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो ।

    महानगरीय प्रहरी वृत्त, बानेश्वरको टोली कर्मचार्यविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत पुगेको थियो । अदालतले म्याद दिएपछि थप प्रमाण संकलन गर्ने तयारी प्रहरीले गरिरहेको प्रहरीले जनाएको छ ।

    परीक्षामा कम नम्बर ल्याएको भन्दै शिक्षक कर्माचार्यले विद्यालयमा ६ र ७ कक्षाका विद्यार्थीलाई गत बिहीबार ब्लेडले नाडी चिर्न लगाएकी थिइन् । त्यसको भोलिपल्ट शुक्रबार अभिभावकहरू उजुरी गर्न विद्यालय पुगेका थिए । फागुन २३ गते विद्यार्थीलाई ब्लेडले चिर्न लगाउने शिक्षक कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बर्खास्त गरिएको थियो । प्रहरीले यातना भोगेका विद्यार्थीका अभिभावक र एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठलाई वृत्तमा बोलाएर घटनाबारे जानकारी लिइसकेको छ।

    बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार विद्यार्थी बालबालिकालाई कुनै यातना धम्की वा डर देखाउन पाइने छैन । त्यस्तो कसुर गरेको पाइए ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने व्यवस्था छ। कसुर गर्ने आरोपितलाई निजी संघसंस्था वा बालबालिकासम्बन्धी प्रत्यक्ष सरोकार राख्ने निकायले १० वर्षसम्म काममा बन्देज लगाउने व्यवस्था छ। यस्तो मुद्दा जिल्ला अदालतअन्तर्गतको बाल इजलासमार्फत सजाय हुनेछ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...