News Portal

  • २ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गर्दागर्दै ७८ हजार मास्कसहित ८ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता १ चैत २०७६
    ८४९ पटक
    १ चैत २०७६

    भक्तपुर । बजारमा अभाव देखिएको सर्जिकल मास्कको कालो बजारीमा संलग्न ८ जना पक्राउ परेका छन् । ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् ।

    सर्जिकल मास्कको कालोबजारीमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको डल्लुबाट नियन्त्रणमा लिएको हो । उक्त मास्क लुकाइछिपाइ बढी मूल्यमा बेच्न ठिक्क पारेको अवस्थामा ८ जना पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए । विक्रेतालाई २ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको काठमाडौं प्रहरीले दावी गरेको छ ।

    काठमाडौँको डल्लु आवासस्थित महाकाल मञ्जु श्री ट्रेर्डसले मास्क लुकाई बढी मूल्यमा बेचेको सूचना पछि पुगेको प्रहरीले ७८ हजार मास्क सहित ८ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

    उक्त मञ्जु श्री ट्रेर्डस काभ्रेको रोसी गाउँपालिका ७ घर भई स्वयम्भु बस्ने मिन्टु तामाङले सञ्चालन गरेको र उनीसहित ८ जना पक्राउ  परेको काठमाडौ प्रहरीले जनाएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...