News Portal

  • उपत्यकाका ३ वटै जिल्लामा कार्यरत घुमुवा प्रहरी जिम्मेवारीमुक्त : इमान्दार र क्षमतावान पठाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ चैत
    ११२४ पटक
    भक्तपुर, १ चैत

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका ३ वटै जिल्लामा कार्यरत घुमुवा टोली लाई जिम्मेवारीबाट हटाएको छ । सादा पोसाकमा रही सूचनादाताको भूमिका निभाउने घुमुवा टोलीले अपेक्षाकृत काम गर्नुको साटो उल्टै बद्नाम बनेपछि जिम्मेवारीमुक्त गरिएको हो ।

    उपत्यकाका भक्तपुर,ललितपुर र काठमाडौका परिसर अन्तर्गत १८ प्रहरी वृत्त र प्रभागहरुमा छ दर्जन बढी घुमुवा प्रहरी छन् । जसमा १७ जना अधिकृतस्तरका प्रहरी रहेका छन् ।

    सूचनाका लागि सादा पोशाकमा खटाइए भए पनि ‘असुली’ र दलालको भूमिकामा बद्नाम बनेको गुनासो बढेपछि उनीहरूलाई जिम्मेवारी बाट हटाइएको प्रहरी श्रोतले जनाएको छ ।

    ”उनीहरु लामो समय सम्म कार्यरत रहेकोले फेरिएको हो । उनीहरुको ठाउँमा अब इमानदार र क्षमतावान टोली खटाइने छ ।” प्रहरी उच्च श्रोतले भन्यो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...