News Portal

  • सिंहदरवारमा प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठक सकियो : एसईई नरोकिने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ चैत
    ५८८४ पटक
    भक्तपुर, ३ चैत

    माध्यमिक शिक्षा परीक्षा(एसईई) संचालन गर्न सातै प्रदेश सरकारले ‘ग्रिन सिग्नल’ दिएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरु एसईई परीक्षाको विषयमा एकमत देखिएका हुन् ।

    सोमबार सिंहदरवार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीहरुले एसईई परीक्षा रोक्नु आवश्यक नरहेको निष्कर्ष निकाले । कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा बिहीवार देखि शुरु हुने एसईई परीक्षाको विषयमा बैठकमा छलफल भएको थियो ।

    नेपालमा कोरोना भाइरस (कोभिड १९) को कुनै प्रभाव नपरेकोले बिहीवार देखि शुरु हुने परीक्षा रोक्नुपर्ने अवस्था नरहेको बैठकले निष्कर्ष निकालेको हो । परीक्षाको सम्पूर्ण तयारी पूरा भैसकेको भन्दै प्रदेशका सामाजिक विकाश मन्त्रीहरुले कोरोना भाइरसको जांच पछि परीक्षा केन्द्रमा प्रवेशको बातावरण मिलाइने बताए । एसईई परीक्षालाई कोरोनासंग जोडेर आतंकित हुनुपर्ने अवस्था नभएको संदेश विद्यार्थी र अभिभावकलाई दिनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका थिए । विद्यार्थी र अभिभावक आश्वस्त नबने परीक्षा लिनुको अर्थ नहुने भन्दै बैठकमा सरकारले सरोकारवालामा सचेतना फैलाउनु पर्ने आवश्यकता समेत औल्याइएको एक सहभागीले भक्तपुर पोस्टसंग भने ।

    बैठकमा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउने विषयमा गरिएका तयारीबारे जानकारी आदानप्रदान समेत गरिएको बताइएको छ ।

    उक्त बैठकमा जिल्लामा संघ र प्रदेशले संयुक्त रुपमा एकीकृत सामाजिक बिकासका कार्यालयहरु संचालन गर्ने विषयमा मन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव गरेका थिए । शिक्षा विकाश, विज्ञान प्रविधि, खेलकुद, महिला विकाश लगायतका कार्यालय संयुक्त बनाउन उनले प्रस्ताव गरे । मन्त्री पोखरेलको प्रस्तावमा प्रदेशका सामाजिक विकाश मन्त्रीहरुले आफूहरुले प्रदेश मन्त्रीपरिषदमा यस विषयमा छलफल गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यसैगरी उक्त बैठकमा नयाँ आर्थिक वर्षका लागि आवस्यक बजेट र नीति तथा कार्यक्रमका बारेमा समेत छलफल भएको मन्त्रालय श्रोतले भक्तपुर पोस्टलाई बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...