News Portal

  • नेपालमा कोरोना आएको भाइरल मेसेज अफवाह मात्रै : अफवाह फ़ैलाउनेलाइ खोज्दै प्रहरी

    भक्तपुरपोस्ट संवाददाता ८ चैत, २०७६
    २७५३ पटक
    ८ चैत, २०७६

    भक्तपुर । फेसबुकलाई अफवाह फ़ैलाउनेहरुले फेकबुक बनाउन प्रयोग गरिरहेको परिपेक्षमा नेपालमा पनि सो प्रयास भएको छ । नेपालका दुई अस्पताल नर्भिक र त्रिवि शिक्षण अस्पतालमा नोभल कोरोना भाइरसका बिरामी भेटिएको भ्रामक अडियो यतिबेला फेसबुक मेसेंजरमा भाइरल भएको छ ।

    शनिबार बिहानैदेखि फेसबुक मेसेंजरमा अडियो मेसेज भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेश थापाले अडियोमा भनिएका कुरामा कुनै सत्यता नभएको र यस्तो अफवाह फैलाउने युककको खोजी भैरहेको भनेका छन् ।

    कोरोना भाइरसका आशंका भए जाच्ने काम शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै भइरहेको भएपनि उक्त अडियो शेयर हुदा मानिसहरु भ्रमित बनेका छन् । थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले हुँदै नभएको खबर भाइरल भएको बताए । उनले उक्त खबर भाइरल गर्ने कार्यमा संलग्नको खोजी गरी कारवाही गर्न समेत माग गरे ।

    ‘ भाईरल भएको न्यूज अत्यन्तै भ्रामक हो र नियतवस गरिएको हो । नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाहन्छु । Cyber Crime Cell ले उक्त व्यक्तिको पहिचान गरी करवाई अगाडी बढाएको छ । हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं ।” उनले भने । महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले पनि शिक्षण अस्पतालमा कोरोना आशंकामा कुनै पनि बिरामी भर्ना नै नभएको भन्दै उक्त अडियो अफवाह मात्र भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...