बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको एक व्यक्तिले आत्महत्या गरेका छन् । कपिलवस्तु प्रहरीको नियन्त्रणमा रहेका उनले आत्महत्या गरेका हुन् ।
पिपरास्थित इलाका प्रहरी कार्यालयमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ । शौचालयको भेन्टिलेटरमा झुन्डीएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको थियो । थप जानकारी आउन बाँकी छ ।