कास्कीमा कोरोनाकाे सातौँ बिरामी भेटिएको हल्ला मात्र भएको पुष्टि भएको छ । नयाँ बिरामी नभेटिएको श्रोतले जनाएको हो ।
श्रोतका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट पुरानै बिरामीको नयाँ रिपोर्ट हो । बागलुङकी १९ वर्षीया युवतीको दोश्रो रिपोर्ट पनि पोजेटिभ आएको बताइएको छ । तर केहि अनलाइनले सातौ संक्रमित भेटिएको समाचार प्रकाशन गरेका थिए ।
धौलागिरी अञ्चल अस्पतालमा उपचाररत बागलुङकी १९ वर्षीया युवतीको दोश्रो स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन: परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको श्रोतले पुष्टि गरेको हो ।