News Portal

  • मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको अवधि थपिने सम्भावना

    भक्तपुरपोष्ट संवाददाता२३ चैत २०७६
    ७३४ पटक
    २३ चैत २०७६

    काठमाडौँ । लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ । चार बजे बस्ने भनिएको भएपनि पुनः बैठक २ बजेलाई सारिएको हो।

    सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ। लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए। ‘एक हप्ता थपिन सक्ने सम्भावना छ,’ उनले भने, ‘आजै निर्णय हुन्छ।’

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस गरेको छैन। तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग लकडाउन लगायतका विषयमा छलफल गरेका थिए।

    मन्त्री भन्छन्, ‘सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । स्थानीय संक्रमणलाई समुदायमा जान नदिन यसको विकल्प पनि छैन ।’

    उनकाअनुसार मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

    नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन चैत २५ गते १२ बजेसम्म रहनेछ ।

    तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरिसकिएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले क्वारेन्टाइन अवधि २१ दिन पुर्याइएको घोषणा गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...