News Portal

  • पूर्वराजा ज्ञानेन्द्रले पढाए राजनीतिक दललाई पाठ : एकआपसमा नजुध्न दिए अर्ती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    ९८० पटक
    भक्तपुर, २४ चैत

    पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दललाई पाठ पढाएका छन् । कोरोना भाइरस संक्रमणसंग लड्नुपर्ने बेला एकापसमा नलड़न भन्दै उनले पाठ पढाएका हुन् ।

    सामाजिक संजाल ट्विटरमार्फत उनले अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु नहुने अर्ती दिएका छन् । सम्पूर्ण नेपाली एक भएर परिस्थितिसँग जुध्नु पर्ने बेलामा आरोपप्रत्यारोपमा अल्झनु घातक हुने उनको भनाइ छ ।

    यतिखेर सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेकोले नेपालमा पनि यसलाई रोक्न र नियन्त्रण गर्न एकजुट हुनुको बिकल्प नभएको उनले बताएका छन् ।

    सामाजिक संजालमा उनले लेखेका छन् ”सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ । सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो ।”

    नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकार विफल भएकाले मध्यावधी चुनाव गर्नुपर्ने धारणा व्यक्त गरेसंगै पूर्व राजाको अभिव्यक्ति आएपछि यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...