News Portal

  • कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइनमा इन्टरनेट

    सीताराम चौधरी/कपिलवस्तु२४ चैत २०७६
    ७६७ पटक
    २४ चैत २०७६

    कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ ।

    जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको क्वारेन्टाइनमा इन्टरनेट जडान गरी प्रविधिमैत्री बनाइएको कम्प्युटर एशोशियसन नेपाल महासंघ (क्यान) कपिलवस्तुका अध्यक्ष सन्दीप कुमार श्रीवास्तवले जानकारी दिए । जिल्लाको शिवराजमा क्यान कपिलवस्तु र जे.बि.एम. केबल स्पेस नेट्वोर्क चन्द्रौटाको प्राविधिक सहयोगमा निःशुल्क इन्टरनेट जडान गरिएको छ भने अन्य चार स्थानमा क्यान कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरको प्राविधिक सहयोग रहेको श्रीवास्तवले बताए । जडान गरिएको इन्टरनेट तीन एमबीपीएस क्षमताको रहेको र क्वारेन्टाइन सञ्चालन अवधिसम्म निःशूल्क इन्टरनेट सेवा प्रवाह गरिने मार्स कम्प्युटरका सञ्चालक समेत रहेका श्रीवास्तवले जानकारी दिए ।

    यता विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ जस्तो बिपद्को घडीमा सामाजिक उत्तरदायित्व अनुसार मानव जीवनलाई सूचना प्रविधिसँग जोड्ने प्रयासमा जुटेको क्यान महासंघ प्रदेश ५ का कोषाध्यक्ष माधवराज घिमिरेले बताए । क्यान महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले क्यान कपिलवस्तु बेला बेलामा सूचना प्रविधिमा काम गर्दै आइरहेको समेत उद्घोष गरे । विपत्तीको बेला क्यारेन्टाइनमा बस्नेलाई आफूहरुको सानो सहयोगले ठूलो राहत पुग्ने घिमिरेले विश्वास व्यक्त गरे । इन्टरनेटको पहँुचमा नरहेका अन्य पालिकाका क्वारेन्टाइनमा समेत निःशूल्क इन्टरनेट सेवा प्रवाह गर्न क्यान महासंघ तत्पर रहेको उनले प्रतिबद्धता जाहेर गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...