News Portal

  • काेराेना जित्दै संक्रमित : १९ वर्षीया प्रसिद्धी डिस्चार्ज,६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ वैशाख, २०७७
    ८३९ पटक
    भक्तपुर, ६ वैशाख, २०७७

    फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि शनिबार डिस्चार्ज गरेको जनाएकाे छ ।

    प्रसिद्धि नेपालको दोस्रो कोराना संक्रमित हुन् । उनमा काेराेना संक्रमण भएसँगै नेपालमा लकडाउनकाे निर्णय गरिएकाे थियाे । उनी फ्रान्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी थिइन । उनमा चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। सोही दिनदेखि नै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालबाट बाहिर निस्कँदै उनले आफू पूर्ण रुपमा निको भएर घर फर्किएको प्रतिक्रिया दिइन्।

    टेकु अस्पतालमै धादिङका अर्का युवाकाे पनि उपचार भइरहेकाे छ । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएकाे छ । उनी यूएईबाट नेपाल आएका थिए । अस्पतालले उनमा पनि अरु कुनै समस्या पनि नरहेकाे र स्वास्थ्य अवस्था सामान्य रहेकाे जनाएकाे छ । उपचाररत अधिकांश संक्रमितमा कुनै पनि लक्षण नभेटिएको अस्पतालले जनाएकाे छ ।

    यसअघि पहिलाे संक्रमित चीनको वुहानबाट फर्केका युवा निको भएर घर फर्किसकेका छन् भने बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ आएको छ। नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा रहेको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...