News Portal

  • भक्तपुरमा आजदेखि लकडाउन थप कडा, घर बाहिर निस्कनसमेत नपाइने

    भक्तपुरपोष्ट संवाददाता१ जेठ २०७७
    ११३५ पटक
    १ जेठ २०७७

    भक्तपुर । भक्तपुरमा दुई जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले बिहीबारदेखि लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको समिति बैठकले अत्यावश्यक कामबाहेक स्थानीयलाई घर बाहिर निस्किन नदिने निर्णय गरेको हो ।

    जिल्लामा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम तथा समुदायमा विस्तारको खतरा देखिएकाले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन र आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर पोष्टलाई बताइन् ।

    त्यस्तै, संक्रमित व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, परिवारका सदस्यहरुको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसन र क्वारेनटाइनको व्यवस्था स्वास्थ्य कार्यालय र भक्तपुर अस्पतालले मिलाउने निर्णय समितिले गरेको छ ।

    समितिले भक्तपुरबाट अन्यत्र जिल्लामा जाने गरी जारी गरिएका यसअघिका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ । बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेकका व्यक्ति तथा सवारी साधन निषेध गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

    नगरपालिकाहरुले क्वारेन्टाइनको व्यवस्था गर्ने, वडाहरु मार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएकाहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताइन् ।

    बैठकले स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न र खाद्यान्न अभाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    जिल्लाका पालिकाहरुले लकडाउनको समय वा अघि अन्यत्र गएर आएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षणबिना घरमा प्रवेश नदिन घरधनीलाई अनुरोध गरेको छ ।

    जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका वडा कार्यालयहरुले उपत्यका बाहिर गएर आएका नागरिकलाई स्वास्थ्य परिक्षण बिना प्रवेश नदिन अनुरोध गरेको हो । भक्तपुरमा बसोबास गर्ने दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थानीय तहहरुले डेरा छोडेर गएका र लकडाउन बढेपछि र्फिता आएकाहरु निगरानी बढाएको हो ।

    त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउादै अरनिको राजमार्ग र पुरानो सडक बाहेक अन्य सहायक सडकहरुमा सार्वजनिक अवागमन पूर्णरुपले निषेध गर्ने निर्णय गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...