News Portal

  • काठमाडौं उपत्यकामा प्रवेश गर्न चाहनेले कोरोना नेगेटिभ रहेको रिपोर्ट पेश गर्नुपर्ने

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ८ जेठ
    १०२२ पटक
    भक्तपुर, ८ जेठ

    काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि बाहिरी जिल्ला बाट हुने प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउन आदेश दिएको हो ।

    त्यतिमात्र होइन, अत्यावश्यक काममा काठमाडौं प्रवेश गर्न चाहनेले अनिवार्य रुपमा कोरोना नेगेटिभ रहेको रिपोर्ट पेश गर्नु पर्ने भएको छ । उपत्यकाका स्थानीय सरकार प्रमुखहरुसंगको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाइ आदेश दिएको हो । आरडिटि परीक्षण गर्ने खर्च पनि प्रवेश गर्न चाहनेले व्यहोर्नुपर्ने बताइएको छ ।

    गृहमन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी श क्वारेन्टाइनस्थल बनाउन र आफ्नो स्थानीय तहमा आउने लाई राख्न सहमती जनाएका छन् । तर त्यसको खर्च भने आगन्तुक बाट नै असुलउपर गरिने बताइएको छ । आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्‍भाव्य स्थलहरूलाई स्थानीय तहले क्वारेन्टाइन तोक्न सक्ने व्यवस्था गरिएको छ । उपत्यका प्रवेश गर्न चाहनेलाई कडाइ गर्दै यस्तो व्यवस्था गरिएको हो ।

    गृह मन्त्रालयले प्रवेश नाकामा आउनु अघि नै प्रस्थान बिन्दुमै यात्रुलाई रोक्न समेत सर्कुलर जारी गरेको छ भने लुकीछिपी प्रवेश गर्ने पहिचान गरी क्वारेन्ताइन्म राख्न भनेको छ । त्यसैगरी भिडभाड हुनेगरी असुरक्षित खाना, राहत र सहयोग वितरणमा पनि रोक लगाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...