
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि बाहिरी जिल्ला बाट हुने प्रवेशमा कडाइ गरिएको छ । गृह मन्त्रालयले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि काठमाडौं प्रवेशमा रोक लगाउन आदेश दिएको हो ।
त्यतिमात्र होइन, अत्यावश्यक काममा काठमाडौं प्रवेश गर्न चाहनेले अनिवार्य रुपमा कोरोना नेगेटिभ रहेको रिपोर्ट पेश गर्नु पर्ने भएको छ । उपत्यकाका स्थानीय सरकार प्रमुखहरुसंगको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाइ आदेश दिएको हो । आरडिटि परीक्षण गर्ने खर्च पनि प्रवेश गर्न चाहनेले व्यहोर्नुपर्ने बताइएको छ ।
गृहमन्त्रालयका अनुसार उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी श क्वारेन्टाइनस्थल बनाउन र आफ्नो स्थानीय तहमा आउने लाई राख्न सहमती जनाएका छन् । तर त्यसको खर्च भने आगन्तुक बाट नै असुलउपर गरिने बताइएको छ । आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरूलाई स्थानीय तहले क्वारेन्टाइन तोक्न सक्ने व्यवस्था गरिएको छ । उपत्यका प्रवेश गर्न चाहनेलाई कडाइ गर्दै यस्तो व्यवस्था गरिएको हो ।
गृह मन्त्रालयले प्रवेश नाकामा आउनु अघि नै प्रस्थान बिन्दुमै यात्रुलाई रोक्न समेत सर्कुलर जारी गरेको छ भने लुकीछिपी प्रवेश गर्ने पहिचान गरी क्वारेन्ताइन्म राख्न भनेको छ । त्यसैगरी भिडभाड हुनेगरी असुरक्षित खाना, राहत र सहयोग वितरणमा पनि रोक लगाएको छ ।