News Portal

  • ललितपुरमा ५७ वर्षीय एक कोरोना संक्रमितको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ जेठ
    ११६२ पटक
    भक्तपुर, १४ जेठ

    काठमाडौं उपत्यकामा काेराेना संक्रमण बाट एक जनाकाे निधन भएकाे छ । ललितपुरमा एक कोरोना संक्रमितको निधन भएको हो ।

    इमाडोल स्थित किस्ट अस्पतालमा रहेका एक काेराेना संक्रमितकाे मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष हुन ।

    उनको बुधबार साँझ अस्पतालमा कोरोना संक्रमणका कारण निधन भएको हो । उनकाे बुधबारै आएको कोरोना परीक्षणको रिपोर्टले कोरोना पोजेटिभ देखाएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

    स्रोतका अनुसार मृतक कलेजो सम्बन्धि रोगबाट ग्रसित भएर पाटन अस्पतालमा पुगेका थिए । त्यहाँ बाट ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल भर्ना भएका ती व्यक्तिको उपचारकै क्रममा बुधबार बेलुका ७ बजे मृत्यु भएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...