News Portal

  • तत्कालीन राजा वीरेन्द्रको बंश विनाश भएको आज १९ वर्ष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ
    १४१० पटक
    भक्तपुर, १९ जेठ

    जेठ १९ अर्थात, तत्कालीन राजा वीरेन्द्रको बंश विनाश भएको दिन । उनको बंश विनाश भएको आज १९ वर्ष पूरा भएको छ ।

    दरवार हत्याकाण्डको रुपमा इतिहासमा अविस्मरणिय यो घटना २०५८ जेठ १९ गते राती घटेको थियो । तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती लगायत राजपरिवारका १० सदस्यहरुको दरबारभित्रै रहस्यमय हत्या भएको थियो ।

    गोली चलाई गरिएको नरसंहारको दोष भने तत्कालिन छानवीन समितिले युवराज दीपेन्द्रलाई लगाएको थियो । युवराज दीपेन्द्रले प्रेम सम्बन्धको बिबादका कारण स्वचालित हतियार चलाई नरसंहार मच्चाएको र अन्त्यमा आत्महत्या गरेको बताइएपनि त्यसलाई मानिसहरुले विस्वास गरेका छैनन् ।

    उक्त दरवार हत्याकाण्डपछि राजा भएका ज्ञानेन्द्र शाहले राजतन्त्रको विरासत बचाउन सकेनन । ७ वर्षपछि २०६५ जेठ १५ गते देशाम गणतन्त्रको घोषणा गरिएको छ । गणतन्त्रको घोषणा हुनु अघि नै २०६२/२०६३ को जनआन्दोलनको सफलाता संगै उनी राजगद्दी त्याग्न बाध्य बनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...