News Portal

  • बागमती प्रदेशका ७ सय ५ पत्रकारको कोरोना बिमा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ असार
    ९४१ पटक
    भक्तपुर, ४ असार

    नोभल कोरोना भाइरस (कोभिड १९) जाेखिमका बाबजूद पेशामा क्रियाशील बागमती प्रदेशका ७ सय ५ पत्रकारको कोरोना बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघको समन्वयमा कोभिड १९ महामारीकाबीच अग्रपंक्तिमा रहेर काम गर्ने बागमती प्रदेशका पत्रकारको कोरोना बिमा गरिएको हो ।

    कोरोना भाइरसको पिसिआर परिक्षणमा संक्रमित भएको प्रमाणित भएमा बिमा गरिएका पत्रकारले एक लाख रुपैयाको बिमा रकम युनाइटेड इन्सुरेन्स कम्पनीबाट प्राप्त गर्नेछन् । भुक्तानीका लागि कोरोना भाइरस संक्रमण देखिइ पिसिआर परिक्षणमा पोजिटिभ देखिएको हुनु पर्नेछ । यूनाइटेड इन्सुरेन्स कम्पनीका प्रतिनिधि दिनेश रेग्मीले बिहीबार बिमित पत्रकारको विवरण सञ्चार रजिष्ट्रार रेवती सापकोटालाई हस्तान्तरण गरेका छन् ।

    बागमती प्रदेशमा क्रियाशिल पत्रकारको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील भइ प्रदेश सरकारले बिमा योजना ल्याएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले बताए । ”पत्रकारलाई उच्च मनोबलका साथ काम गर्न बिमाले सहयोग पुग्ने बिश्वास लिएका छौ ।” उनले भने ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ हजार जना पत्रकारको बिमा गराउने निर्णय गरेको छ । बिमाका लागि आवश्यक विवरण प्राप्त भएका सात सय पाँच जनाको बिमा पहिलो चरणमा गराइएको रजिष्ट्रार सापकोटाको भनाइ छ । सञ्चार रजिष्ट्रार कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर अन्यत्र कोरोना बिमा नगराएकाहरुलाई बिमामा समेटिएको उनले बताए ।

    बागमती प्रदेशका १३ वटै जिल्लाका क्रियाशील पत्रकार तथा ती जिल्लाबाट सञ्चालित रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारलाई पनि बिमामा समेटिएको छ । नेपाल पत्रकार महासंघको बागमती प्रदेश र नेपाल पत्रकार महासंघ उपत्यका समिति अन्तर्गतका शाखा, प्रतिष्ठान र एशोसियट्सबाट प्राप्त विवरणका आधारमा पत्रकारको कोरोना बिमा गराइएको संचार रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...