News Portal

  • सत्तारुढ नेकपा सचिवालयको निष्कर्ष : ७ वर्षपछि मात्र बिदेशी बुहारीलाई नागरिकता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६असार
    २४०९ पटक
    भक्तपुर, ६असार

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई तत्कालै नेपाली नागरिकता दिन नहुने निष्कर्ष निकालेको छ । नेपालीसँग विवाह गरेका विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने सचिवालयले निष्कर्ष निकालेकाे हो ।

    सचिवालय बैठकले पुरुष नेपाली नागरिकसँग विवाह गर्ने बिदेशी महिलाले ७ वर्ष उगेपछी पछि मात्र अङ्गीकृत नागरिकता दिइनु पर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पुष्टि गरे । विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्ने र उनले पहिलेको नागरिकता त्यागेको वा परित्याग गर्ने प्रक्रिया चलाएको प्रमाणका आधारमा मात्र वैवाहिक अङ्गीकृत नागरिकता दिइनु उपयुक्त हुने सचिवालयको मत रहको उनको भनाइ छ ।

    नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्ष देखि यो विधेयक रोकिएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबारबाट पुनः शुरु भएको छलफलमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाइ ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव पेश भएको छ । यसमा सहमती जुट्न नसकेपछि पांच दिन गृहकार्यका लागि समय थप गरिएको छ ।

    सचिवालय बैठकमा एमसीसीबारे भने कुनै छलफल नभएकाे प्रवक्ता श्रेष्ठले जानकारी गराए । पार्टी भित्रको अन्तरविरोधका कारण एमसीसीमा नेकपा अनिर्णित रहेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली एमसीसी पास गर्नुपर्ने अडानमा छन् भने पूर्व प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष प्रचण्ड एमसीसीको विरुद्धमा उभिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...