News Portal

  • महेश बस्नेतलाई आफ्नै कार्यकर्ताकाे प्रश्न : पछाडिकाे पुस्ताले के सिक्ने?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० असार
    २६०१ पटक
    भक्तपुर, २० असार

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा गुटगत सरगर्मी देखिएपछि कार्यकर्ताहरु निराश देखिएका छन् । यसैबीच नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद महेश बस्नेतले गुटगत राजनीति गरेकाे आराेप लागेकाे छ ।

    उनकै कार्यकर्ता भक्तपुर जिल्ला कमिटीका सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य दिनेश थपलियाले बस्नेतले गुटगत राजनीति गरिरहेकाे बताएका हुन् । पार्टी अध्यक्ष पनि रहेका प्रधानमन्त्री केपी अेाली पक्षधर मानिने बस्नेतले पार्टी लाइ बलियाे बनाउनुकाे सट्टा प्रधानमन्त्री अेालीकेा पद जाेगाउन सडकमा मानिस अेारालेकाे भन्दै थपलियाले असन्तुष्टि जनाएका हुन् ।

    ”भक्तपुरकाे अभिभावक बन्दै देशकै नेता बनेर समग्र पार्टीलाई मिलाउनु पर्नेमा किन गुटगत राजनीतिलाई प्रसय दिई सडकमा आफ्ना पङ्तिलाई पठाउनु हुन्छ ?” सामाजिक संजालमार्फत उनले बस्नेतसंग प्रश्न गरेका छन् । समग्र युवाहरूलाई पार्टी बचाउन र नेतृत्वलाई दायाँबायाँ नगर्नकाे निम्ति दबाब दिन सहयाेग गर्नुपर्नेमा गुटगत राजनीति गरेर पार्टी कमजाेर पार्ने कार्य गरेकाे भन्दै उनले असन्ताेष ब्यक्त गरेका हुन् ।

    ”गुट्काे राजनीति गरेकाे कत्ति पनि सुहाएन दाइ ! तपाइँसंग पछाडिकाे पुस्ताले के सिक्ने?” उनले प्रश्न गरेका छन् । एकाङ्की नबन्न अनुराेध गर्दै उनले भनेका छन्, ” कुखुराकाे भालेले म नबासी उज्यालाे हुदैन भन्नू र सडकमा गएर रूवाबासी गर्दै मलाई नै प्रधानमन्त्री हुनलाई दबाब देउ भन्नू उस्तै हाे !!! भाले नभएकाे घरमा पनि उज्यालोकाे प्रकाश अवस्य आउँछ !चेतना भया !!”

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...