News Portal

  • दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो

    सीताराम चौधरी२० असार २०७७
    १०९८ पटक
    २० असार २०७७

    कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । लकडाउनमा दैनिकी चलाउन निकै समस्या भएका युवतीहरु बिचौलियाको फन्दामा गरेका घटनाले मानव बेचबिखनमा बिचौलिया सक्रिय भएको तथ्य बाहिरिएको हो ।

    शान्ति पुनस्र्थापना गृहले भारतस्थित देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा ६ नेपाली युवतीहरुलाई नेपाल फर्काउन सफल भएको हो । देशभक्त आवाज सामाजिक संस्थाको समन्वयनमा असार १९ गते शुक्रबार नेपाल ल्याई पुर्याइएको शान्ति पुनस्र्थापना गृहकी कपिलवस्तु संयोजक निशा पन्थीले जानकारी दिइन् । भारतको दिल्लीबाट शुक्रबार विहान युवतीहरु नेपालको कृष्णनगर आइपुगेको संयोजक पन्थीले बताइन् । उद्धार गरिएका युवतीहरुलाई शुक्रबार नै थप अनुसन्धानको लागि केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं पठाइएको गृहकी कपिलवस्तु संयोजक पन्थीले बताइन् ।

    कुवेत र इरान निःशुल्क पठाइदिने प्रलोभनमा पारी गत ४ महिनाअघि ती युवतीहरुलाई बिचौलियाले भारतको दिल्ली पुर्याएको थियो । गत फागुन २९ गतेका दिन ती युवतीहरुलाई दुई बिचौलियाले सीमा कटाएका थिए । काठमाण्डौबाट पोखरा, बुटवल, कपिलवस्तु, दाङ हुँदैनेपालगञ्जको नाका हुदै भारतको दिल्ली पुर्याएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । बिचौलियाले दिल्लीस्थित बुरादी जोरदा भन्ने ठाउँमा नजरबन्द गरी राखेको क्षेत्रीय संयोजक भट्टराईले बताए । “विशेष सूचनाका आधारमा देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा ती युवतीहरुलाई नेपाल ल्याउन सफल भयौं”–भट्टराईले भने । उद्धार गरिएका युवतीहरु २६ वर्षदेखि ४१ वर्ष उमेर समूहका हुन् । उनीहरुमध्ये ४ जना मोरङ, एक झापा र एक पर्वतकी रहेको भट्टराईले जनाए ।

    युवतीहरुलाई प्रलोभनमा पारी सीमा कटाउने एक महिला र एक पुरुष छन् । बिचौलियाहरुको खोजीकार्य भइरहेको क्षेत्रीय संयोजक भट्टराईले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...