News Portal

  • बालुवाटारमा निर्णायक वार्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ असार
    ११७९ पटक
    भक्तपुर, २१ असार

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि निर्णायक वार्ता शुरु भएकाे छ । यस अघिका वान टु वान वार्ता बिना निष्कर्ष टुङ्गिएपछि अध्यक्षद्वय केपी आेली र प्रचण्ड सहयाेगी नेताहरु सहित निर्णायक वार्तामा जुटेका छन् ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको हो । स्रोतका अनुसार छलफलमा प्रचण्ड ऊर्जामन्त्री समेत रहेका पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ लाइ लिएर सहभागी भएका छन् भने ओलीसंग महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका ओलीनिकट नेता शंकर पोखरेल सहभागी रहेका छन् । पार्टी फुर्टतर्फ अघि बढेपछि त्यसलाइ राेक्न र एकता बचाउन अध्यक्ष प्रचण्ड निर्णायक वार्तामा पुगेका उनी निकट नेताले बताए ।

    प्रधानमन्त्रीलाई भेट्नुअघि अध्यक्ष दाहालसहित पार्टीका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री आेलीका कारण पार्टीमा समस्या भएकाे भन्दै सम्झाइदिन उनीहरुले राष्ट्रपति भण्डारीलाई आग्रह गरेका बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...