लाेडसेडिङकाे अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । उनका पिता कृपासिंह घिसिङको गए राति निधन भएको हो ।
९८ वर्षको उमेरमा गए राति कृपासिंहकाे निधन भएकाे पारिवारिक श्रेातले बताएकाे छ । अकस्मात बेहोस भएका उनलाइ चावहिलस्थित मेडिकेयर अस्पताल पुर्याइएकाे थियो । अस्पतालमे उनकाे राति निधन भएको हो । स्वयम्भूमा उनकाे अन्तिम संस्कार गरिने बताइएको छ ।
उनका कुलमान सहित ६ जना छोरा र ३ छोरी छन् ।