News Portal

  • एकतालाइ बलियाे बनाउन खबरदारी गर्दै धुम्बाराहीमा धर्ना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ असार
    ११८५ पटक
    भक्तपुर, २२ असार

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जनवर्गिय संगठनका नेताहरुले पार्टी एकता कायम राख्न खबरदारी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा उपत्यकाका जनवर्गिय संगठनका नेताहरुले धर्ना दिँदै खबरदारी गरेका हुन् ।

    युवा, विद्यार्थी, मजदुर र महिलाका नेताहरुसहित धुम्बाराही पुगेका उनीहरुले सुदृढ र मजबुत एकताका लागि खबरदारी गरेका सहभागी एक नेता दिनेश थपलियाले जानकारी दिए । थपलियाका अनुसार उनीहरुले पार्टीलाइ ज्ञापन पत्र पनि बुझाएका छन् ।

    ”नेताभन्दा नीति प्रधान बनाउन र पार्टीमा देखिएकाे बिबादलाइ अन्त्य गरी एकतालाइ बलियाे बनाउन खबरदारी गर्दै ज्ञापन पत्र बुझाएका हाैं ।” उनले भने ।

    पछिल्लो समय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षका कार्यकर्ताहरु सरकारमा उनकाे नेतृत्व रहीरहनु पर्ने भन्दै सडकमा आेर्लिएपछि नेकपाकाे बिबादमात्र सतहमा आएकाे छैन, पार्टी फुटतर्फ गईरहेको देखिन्छ ।

    प्रधानमन्त्री ओलीले आफूलाइ नै पार्टी ठान्ने गरेकाे र पार्टीलाई नटेर्ने गरेकाे भन्दै स्थायी समितिका ४५ मध्ये ३२ सदस्यले राजिनामा माग गरेपछि उनले चलिरहेको संसद अधिवेशनसमेत अन्त्य गरेका छन् भने पार्टीका बैठकहरुमा समेत अनुपश्थित हुन थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...