News Portal

  • भारतीय सभ्यता माथि प्रश्न उठाउदै सांसद भुसालले भनिन्, ‘केहि त लाज मान’

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार
    ७३२ पटक
    भक्तपुर, २५ असार

    नेपालबारे भ्रामक समाचार दिंदै आएका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत हाेउ यान्छीबारे गरेका आपत्तिजनक प्रचारको नेकपा नेतृ एवं  सांसद पम्फा भुसालले आपत्ति प्रकट गरेकी छन् ।

    उनले भारतीय संचारमाध्यममा नेपालका प्रधानमन्त्री र नेपालका लागी चिनियाँ राजदूतबारे गरिएको घटिया प्रचारको जती निन्दा गरे पनि कम हुने भन्दै कडा आपत्ती प्रकट गरेकी छन् । कुटनीतिक मर्यादा र सभ्यताको यो भन्दा निकृष्ट र भद्दारूप अरु हुन नसक्ने उनको ठहर छ । यसले भारतीय सभ्यता माथि नै प्रश्न खडा गरिदिएको भुसालको भनाइ छ ।

    संचारमाध्यमको यति सारो दुरुपयोग र यति घटिया चिन्तनले भारतीय लोकतन्त्रको दयनियता र दरिद्रदा देखाएको उनको दावी छ । यस्तो दरिद्र चिन्तन बोकेर महाशक्ति बन्ने सपना देख्नु अघि उनीहरुलाई लज्जा बोध हुनुपर्ने पनि उनले बताइन्। पूर्व मन्त्री भुसालले उनीहरुलाई अफवाह फैलाउनु अघि सरम मान्न अर्ति समेत दिएकी छन् ।

    भारतीय मिडियाको यस्तो आपत्तिजनक प्रचारलाई लिएर प्रेस काउन्सिल नेपालले पनि चासो देखाएको छ भने नेपालमा भारतीय न्युज च्यानल दूरदर्शन बाहेक सबै निजी समाचार च्यानलको प्रशारणमा रोक लगाइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...