News Portal

  • बुधवार थप ११६ व्यक्तिमा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    भक्तपुरपोस्ट संवाददाता३१ असार २०७७
    ७२१ पटक
    ३१ असार २०७७

    काठमाडौं । नेपालमा बुधवार थप ११६ व्यक्तिमा कोरोना सङ्क्रमण र एक जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,०६१ पुगेको छ ।

    प्रदेश नं १ मा ३, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा २७, प्रदेश नं ५ मा १, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा ३ सङ्क्रमित फेला परेका हुन्।

    तीमध्ये ११,०२५ जना अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ३९ जनाको मृत्यु भएको मन्त्रालयमन्त्रालयले जनाएको छ ।

    विगत २४ घण्टामा ६९७ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। अहिले देशभरि ६,११३ सक्रिय सङ्क्रमित भएको उनले बताए।

    रौतहटका परोहा नगरपालिकाका ३६ वर्षीय पुरुषको बुधवार दिउँसो निधन भएको डा. गौतमले बताए । मृतकका परिवारका सदस्य कोभिड-१९ बाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारत भ्रमण गरेको बताइएको छ। उनी असार २४ गते नेपाल फर्की क्वारन्टीनमा बसेको र असार २९ गते ज्वरो आई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई नारायणी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

    उनलाई बुधवार बिहानदेखि भेन्टीलेटरमा राखेर उपचार थालिएको थियो।

    विगत २४ घण्टामा पीसीआर विधिबाट ५,०९० वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या घटेर २४,५२७ पुगेको छ। तीमध्ये सुदूरपश्चिममा सर्वाधिक छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...